आज चैतेदशैँ, शक्तिस्वरूपा देवीको आराधनागरी मनाईँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । आज चैतेदशैँ। चैत्र शुक्ल अष्टमीलाई चैतेदशैँको रूपमा मनाउदै आउने प्रचलन छ । यसदिन ​शक्तिस्वरूपा देवीको आराधना गरि मनाईन्छ।

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ पनि भनिन्छ। शारदीय नवरात्र अर्थात् बिजयादशमीको नबरात्रमा जस्तै यी नबरात्रमा पनि ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्ने गर्दछन्।

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने प्रचलन पनि छ।

काठमाडौंका गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्वरीलगायतका देवीका शक्त्तिपीठमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long