अर्याल र गुरूङको डीआईजीमा बढुवा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । गत चैत २२ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार नेपाल प्रहरीमा दुईजनाको डीआईजीमा बढुवा भएको छ ।

विशेष दरबन्दी थप गरि बढुवा हुनेमा नेपाल प्रहरीको प्राविधिक तर्फका दुईजना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरू डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटरतर्फका इन्जिनियर नवीन्द अर्याल रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा साइबर अपराध हेर्ने गरि एकजना डीआईजी थप्न प्रस्ताव गरेको थियो। त्यसैगरी नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको स्याहार गर्ने केनाइन महाशाखामा पनि डीआईजी राख्नुपर्ने प्रस्ताव गरेको थियो।

अहिले साइबर ब्युरो प्रमुखमा एसएसपी नबीन्द अर्याल छन्। उता केनाइनमा एसएसपी देवती गुरुङ छिन् । उनीहरूको कार्यअवधि सकिन करिब एक वर्ष छ।

साइबर ब्युरो र केनाइनमा कार्यरत उनीहरूकै लागि यो दरबन्दी सिर्जना गरिएको हो।  यो दरबन्दी उनीहरू अवकाशमा गएसँगै सकिने र पुन: उक्त दरबन्दी एसएसपी नै कायम हुने गरी पद सिर्जना गरिएको हो।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long