बझाङमा ४ पालिकाको गणना हुँदा काङ्ग्रेसका सिंह २६४ मतले अगाडी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

बझाङ । गत शनिवार भएको बझाङ  १ (क)को प्रदेशसभा  तर्फको उपनिर्वाचनको मतगणना धमाधम भईरहेको छ ।

प्रारम्भिक चरणमा नेकपा एमालेका दमन बहादुर भण्डारी अगाडी रहेपनि त्यसपछि गणना भएका पालिकाहरुहमा भने नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेपाली काङ्ग्रेसका सिंहले २६४ मतान्तरले अग्रता बनाइरहेका छन् ।

जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र थलारा गाउँपालिका–९ को मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सिंह ७,४९२ मत मतसहित पहिलो स्थानमा छन् ।

उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ७,२२८ मतसहित पछ्याइरहेका छन् । माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा २,८९५ मतसहित तेस्रो स्थानमा छन् । नेकपा एकीकृत समाजवादका उम्मेदवार दिलबहादुर सिंहले २,१०२ मत ल्याएका छन् ।

अहिले मष्टा गाउपालिकाको मतगणना भईरहेको बताईएको छ यो पालिका एमालेको पकड भएको पालिकाको रूपमा चिनिन्छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long