बझाङमा एमालेका भण्डारीले लिए अग्रता

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

बझाङ । गत शनिवार भएको बझाङ  १ (क)को प्रदेशसभा  तर्फको उपनिर्वाचनको मतगणना धमाधम भईरहेको छ ।

प्रारम्भिक चरणमा नेकपा एमालेका दमन बहादुर भण्डारी अगाडी रहेपनि त्यसपछि गणना भएका पालिकाहरुहमा भने नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायमै गरेका थिए ।

तर अहिले काङ्ग्रेसका सिंहलाई पछि पार्दै एमालेका दमन बहादुर भण्डारीले अग्रता लिएका छन् । उनले सिंहले भन्दा ९ मतले मात्र अग्रता किएका छन् ।

जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका–९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हो । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले नौ हजार आठ सय ८०, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार आठ सय ८९ मत प्राप्त गरेका छन् ।

साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार छ सय ५४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long