बझाङबाट प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारीको रोमाञ्चक जीत

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले विजयी हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो ।

कडा टक्करको बिच भण्डारीले रोमाञ्चक जीत हात पार्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २ सय ६६ मतान्तरले पराजित गर्दै उहाँले विजय प्राप्त गर्नुभएको हो ।

भण्डारीले ११ हजार ६ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको हो । कांग्रेसका सिंह ११ हजार ३ सय ४६ मत ल्याउनु भएको छ ।

निर्वाचनमा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत ल्याउनु भएको छ । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याउनुभएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long