बर्षासंगैको चट्याङ र हावाहुरीका कारण ४१ जनाको मृत्यु

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

एजेन्सी । लगातार ३ दिनसम्म परेको चट्याङ, हावाहुरी र बर्षाका कारण पाकिस्तानमा कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

गत शुक्रवार देखि आईतवारसम्म परेको चट्याङ, हावाहुरी र बर्षाका कारण ४१ जनाको मृत्यु भएको बताईएको छ ।मृतकमध्ये २८ जनालाई चट्याङ लागेको जनाईएको छ ।

यी मध्ये पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा मात्र चट्याङ लागेर २१ जनाको मृत्यु भएको बताईएको छ ।

यसैगरी पाकिस्तानको बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । प्रान्तका २५ जिल्ला वर्षाका कारण प्रभावित भएका छन् भने केही क्षेत्र डुबानमा परेका छन् ।

रमजानको पवित्र महिना इद उल फित्रको बिदापछि विद्यार्थीहरू फर्कन लागेकोमा यो बिपत्तीलाई मध्यनजर गर्दै सोमबार र मङ्गलबार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको थियो ।

यसैगरी दक्षिणी सिन्ध प्रान्तमा बाढीका कारण सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा भारी वर्षाका कारण घर भत्किँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको बताईन्छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी बर्षा हुनेगर्छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी समेत दिएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long