कास्की प्रहरीले थाल्यो डुङ्गा चालकको पापसे चेक

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पोखरा । कास्की प्रहरीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा फेवा तालका डुंगा चालकको मादक पदार्थ सेवन (मापसे) परिक्षण गरिएको छ ।

कास्की प्रहरीले सोमवार गरेको २५ जनाको परिक्षणमा एक जनाले मापसे गरेको पाइएपछि उनलाई आवश्यक कारवाहीको लागी डुंगा व्यवसायी संघमा पठाइएको कास्की प्रहरीले बताएको छ ।

यसका साथै प्रहरीले मौसमको खराबी तथा हावाहुरीको कारणबाट हुन सक्ने दुर्घटना, लाइफ ज्याकेटको सही प्रयोग, अकस्मात हुनसक्ने डुंगा दुर्घटनामा अपनाउनुपर्ने सावधानीका उपाय, मादक पदार्थ सेवन गरी डुंगा चलाउन नहुने विषयमा अन्तर्कृया गर्नुका साथै सावधानीमा अपनाउनु पर्ने कुराको पनि जानकारी गराएको थियो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long