कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार दिने पक्का

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपतिका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन बाँकी रहेको कांग्रेस नेता शेखर कोइरालाले बताए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विस्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखका लागि उम्मेदवारी दिएको थियो ।

बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते समाप्त हुँदैछ । एक महिनाअघि गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन आयोगले माघको अन्तिमसम्ममा चुनाव गर्ने तयारी गरेको छ ।

कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडी सार्न सक्ने अवस्था रहेको कांग्रेसभित्र चर्चा चल्ने गरेको छ । तयारीकै आधारमा भन्ने हो भने कांग्रेसले वरिष्ठ नेता पौडेललाई उम्मेदवार बनाउने सम्भावना रहेको बुझिन्छ । पौडेल राष्ट्रपतिका लागि निरन्तर लविङमा जुटेका छन् । कांग्रेसले राष्ट्रपतिको निर्वाचन जित्ने या हार्ने अहिलेसम्म निश्चित छैन । वर्तमान सत्ता गठबन्धनमा गडबड नभएसम्म कांग्रेसले निर्वाचन जित्न सक्दैन । तर, सत्ता गठबन्धनमा खटपट ल्याएर भए पनि राष्ट्रपति हातपार्ने तयारीमा कांग्रेस जुटेको छ ।

पराजित हुने अवस्थामा कांग्रेसले विगतदेखि नै कमजोर उम्मेदवारलाई अघि सार्ने गरेको छ । हालै सम्मपन्न सभामुख र उपसभामुख निर्वाचनमा पनि कांग्रेसले कमजोर उम्मेदवार नै अघि सोको थियो । तर, राष्ट्रपति निर्वाचनमा भने पौडेल नै उम्मेदवार बन्न सक्ने कांग्रेस नेताहरु नै बताउँछन् ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long