एमाले छाड्ने सुरमा भीम रावल, जाने ठाँउको छैन टुङ्गो !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले आफुलाई एमालेमा निषेध गर्न खोजिएका बताएका छन् ।

रावलले भर्खरै एमालेको गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा सदस्यको हैसियतमा आफुलाई सहभागी हुन नदिएर नियोजित रुपमा निषेध गर्न खोजिएको तर्क गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरुको व्यवहारका कारण आफु राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन्। तर घुम्ती परिवर्तनको सोँचमा पुगेपनि अहिले नै कुन पार्टीमा जाने वा कसरी अगाडी बढ्ने भने पछि बताउने भनेका छन् ।

रावलले आफु जस्तोसुकै परिस्थिती आएपनि एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढेपनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको नयाँ मोडमा धकेलिएको महशुस भएको  बताएका छन् ।

रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउँदै गर्दा जनताको कम्युनिष्ट एकताको आकांक्षालाई घात गरेको आरोप लगाए। आफूले गरेको गल्तीको दोष अरुलाई दिएर एकछिन पन्छिन सकेपनि इतिहासले कसैलाई छुट नदिने उनले बताए।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long