एमाले रामेछापको बैशाख २६ गतेबाट हुने नवौँ जिल्ला अधिवेशनमा  ७ सय प्रतिनिधि

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

रामेछाप । नेकपा एमाले रामेछापको बैशाख २६ गतेबाट हुने नवौँ जिल्ला अधिवेशनमा  ७ सय जना प्रतिनिधिले भाग लिने भएका छन् ।
पार्टी जिल्ला कमिटीले अधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको हो । अधिवेशनको लागि भूगोलबाट ५ सय ७१ जना प्रतिनिधि चुनिएर आउने भएका छन् । जनसंगठन, सल्लाहकार, विभाग, जिल्ला कार्यालय र मनोनीत पाँच प्रतिशतबाट अन्य प्रतिनिधि आउने नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले जानकारी दिनुभयो ।

कडरियाका अनुसार भूगोलबाट सबैभन्दा धेरै प्रतिनिधि मन्थली नगरपालिकाबाट १ सय ३५ जना सहभागी हुने छन् । सबैभन्दा कम सुनापति गाउँपालिकाबाट ४३ जना प्रतिनिधिले भाग लिने छन् ।

मन्थली पछि सबैभन्दा धेरै प्रतिनिधि खाँडादेवी गाउँपालिकाबाट ९३ जना प्रतिनिधिले अधिवेशनमा भाग लिने भएका छन् । त्यस्तै दोरम्बा शैलुङ गाउँपालिकाबाट ७३, लिखु तामाकोशी गाउँपालिकाबाट ६६, गोकुलगंगा गाउँपालिकाबाट ५७ जना, रामेछाप नगरपालिकाबाट ५६ जना, उमाकुण्ड गाउँपालिकाबाट ४८ जना प्रतिनिधिले अधिवेशनमा भाग लिने भएका छन् ।

यसै गरी जनसंगठनबाट कूल ५२ जना, जिल्ला सल्लाहकारबाट २५ जना, विभागबाट १६ जना, जिल्ला कार्यालयबाट तीन जना र मनोनीत पाँच प्रतिशतबाट ३३ जना प्रतिनिधिले अधिवेशनमा भाग लिने भएका छन् ।

जिल्ला अधिवेशनका लागि खुल्ला तर्फ प्रतिनिधि हुन पार्टी सदस्यता लिएको दुई वर्ष पुरा भएको हुनुपर्नेछ । महिला, उत्पीडित र अल्पसङ्ख्यकतर्फ प्रतिनिधि छनौट हुन पार्टी सदस्यता लिएको एक वर्ष पुरा भएको हुनु पर्ने कडरियाले जानकारी दिनुभयो ।

भूगोल र उत्पीडित तर्फका प्रतिनिधि बैशाख १५ गते छनोट गरिने छन् भने जनसंगठन, जिल्ला विभाग, जिल्ला सल्लाहकार परिषद् र जिल्ला कार्यालय तर्फका प्रतिनिधि बैशाख १७ गते छनौट गरिने कार्यतालितका रहेको उहाँले बताउनुभयो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long