शितल निवासले जुराएको ओली- प्रचण्डको त्यो भेट र ओली – नेपालको यो संबाद

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको सम्बन्ध तिक्ततापुर्ण मात्र थिएन उनीहरूबीच नेकपाको बिभाजनपछि बोलचाल समेत थिएन । भेटघाट पनि थिएन । तर राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक औपचारिक कार्यक्रमले ओली र प्रचण्डको भेटमात्र जुराइदिएन उनीहरू बीच संवादको ढोका खोलिदियो । ओली र प्रचण्डबीचको उक्तवेलाको संवाद र सँगै बसेको दृश्य चर्चाको बिषय नै बनेको थियो । शितलनिवासको त्यो भेट र छोटो संवादले बाक्लिदै जादा प्रचण्डलाई प्रधानमन्त्री बन्ने ढोका पनि खुल्यो ।

हिजो सभामुखको शपथ ग्रहण कार्यक्रममा शितलनिवासमा अर्को एउटा संयोग जुरेको छ । एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच हाँसोठट्टा चलेको छ । सार्वजनिक कार्यक्रममा एकले अर्कोलाई आलोचना गर्ने गर्छन् । तर, हिजो शुक्रबार सभामुख देवराज घिमिरेको शितलनिवासमा आयोजित सपथग्रहणमा भने दुवै नेताबीच सौहार्दपूर्ण रुपमा वातचित भएको छ । उक्त भेटमा ओलीले नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । राजनीतिक रुपमा ओली र नेपालबीच छेडछाड चल्ने क्रम जारीरहँदा हिजो शितलनिवासमा संगसँगै बसेका उनीहरूले ओहो हामी त सँगै परेछौं भनेर ठट्टा गरेका थिए । एमाले र एकीकृत समाजबादीबीच एकतको चर्चा चलिरहदा यो भनाइलाई राजनितिक बृतमा अर्थपूर्ण रुपमा लिइएको छ ।

पूर्व प्रधानमन्त्रीहरुलाई बस्न छुट्याईएको लहरमा ओली र नेपाल सँगै बसेका थिए । सो क्रममा ओलीले माधव नेपालसँग भलाकुसारी गरेका थिए । उनले ‘ओहो, हामी त सँगै परेछौं’ भनेर ठट्टा गरेको सँगै रहेका बाबुराम भट्टराईले खुलासा गरेका थिए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको सपथग्रहणमा पनि दुई नेताबीच कुराकानी भएको थियो ।

नेकपा विभाजनपछि एमाले र माओवादी अलग अलग भएका थिए । तर, माधव नेपाल एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेर अघि बढेका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long