नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोपमा तीन पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले तीनजालारुई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ ।

उनीहरुमध्ये मेहबुब आलम र आदिल अन्सारी पक्राउ गरेका खुलाईएपनि अर्को एक जनाको नाम गोप्य राखिएको छ ।

आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरू दुवैलाई जहाजबाट काठमाडौं ल्याइँदैछ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long