पूर्व अर्थमन्त्री शर्मासँग तीन घण्टा बयान

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । संसदीय छानबिन विशेष समितिले बिहीबार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ । समितिले करिब तीन घण्टा लिएको बयानमा शर्माले आफुमाथि लगाइएको आरोप निराधार र तथ्यहीन रहेको दाबी गरेका छन् ।

बयानका क्रममा शर्माले बजेट निर्माण गर्दा कुनै पनि अनधिकृत व्यक्ति संलग्न नरहेको बताएका छन् । शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरूबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको दाबी गरे ।

बयानका क्रममा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा कुनै पनि अनधिकृत व्यक्ति संलग्न नरहेको बताएका छन् । छानबिन समितिको बयानमा आफूले सोधिएको सबै प्रश्नको जवाफ इमानदारीपूर्वक दिएको पनि शर्माले बताए ।

शर्मामाथि आर्थिक वर्ष ०७९÷८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेको छ । सोही विषयलाई लिएर सडक र संसद्मा चर्को विरोध भएपछि उनले गत असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उक्त घटनाको विषयमा छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । सोही समितिले लिएको बयानमा शर्माले संसद्मा बजेट पेस गर्नुअघि अर्थ मन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।

छानबिन समितिको बयानमा आपूmले सोधिएको सबै प्रश्नको जवाफ इमानदारीपूर्वक दिएको शर्माले बताएका छन् । यसदेखिबाहेक उनले अरू केही बताउन चाहेनन् । ‘छानबिन समितिले सोधेको हरेक प्रश्नको जवाफ मैले दिएको छु । बाँकी कुरा उहाँहरूले नै भन्नुहोला’, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् ।

छानबिन समितिले उक्त प्रकरणमा मुछिएका भनिएका विभिन्न व्यक्ति र अर्थमन्त्रालयका अधिकारीसँग पनि सोधपुछ गरिसकेको छ । अन्य केही व्यक्तिसँग वयान लिनेक्रम पनि जारी रहेको छानबिन समितिले जनाएको छ ।

संसदीय छानबिन विशेष समिति असार २२ गते गठन गरिएको थियो । उक्त समितिलाई काम सुरु गरेको मितिले १० दिनभित्र काम पूरा गर्न समय उपलब्ध गराइएको थियो । दिइएको समयभित्र काम पूरा नभएपछि बिहीबार समितिको म्याद सात दिन थप गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले समितिको म्याद सात दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको हो ।

तोकिएको समयमा काम पूरा नभएपछि समितिले थप समय माग गरेको थियो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार, अर्थमन्त्रालयको उक्त दिनको सिसिटिभी फुटेज रिकभर गर्न प्रहरीमा पठाइएको छ र त्यसको प्रतिवेदन आउन केही समय लाग्ने भएको छ ।

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दरमा हेरफेर गरिएको भनेर आरोप लगाइएको दिनको सिसिटिभी फुटेज यसअघि पनि माग गरिएको थियो । तर, यसअघि सिसिटिभी फुटेज माग गर्दा अर्थ मन्त्रालयका अधिकारीहरूले १३ दिनभन्दा बढी समयको ब्याकअप नरहने भन्दै जेठ १४ गतेको फुटेज डिलिट भएको जवाफ फर्काएका थिए ।(सौर्य दैनिकबाट)

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long