पोखरामा सत्तागठबन्धनको चुनावी सभा हुँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पोखरा । पाँच दलीय सत्ता गठबन्धनको आज पोखरामा संयुक्त चुनावी सभा हुँदैछ । सत्ता गठबन्धनले पोखराको अमरसिंह चौरमा बिहान ११ बजे चुनावी सभा गर्ने भएको हो ।

 

सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

पोखरा महानगरपालिकाको प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् । सत्ता गठबन्धन र एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएका छन् ।

पोखराको सभापछि आजै दाङको घोराहीमा हुने सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long