नेकपा एमालेको किल्ला बन्दै जितपुरसिमरा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ। आगामी स्थानीय तहको निर्बाचनको मिति नजकिएसंगै बिभिन्न पार्टिका घरदैलो कार्यक्रम तथा कोणसभाले गाउबस्ति तातिरहेको छ।

चुनाब प्रचारप्रसारकै सन्दर्भमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं१अन्तर्गत पर्ने पथलैयामा आज व्यापक जनसहभागिता सहित नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

आजको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरूषोत्तम पौडेल , ज्वाला कुमारी साह, नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका मेयर पदकी उमेद्वार सरस्वती देबी चौधरी उपमेयर पदका उमेद्वार भोला प्रसाद अधिकारी , नेकपा एमाले मधेस प्रदेश कमिटि सदस्य देब नारायण चौधरी, बारा जिल्ला कमिटि सहसचिब अमृत शर्मा बजगाई जिल्ला सचिबालय सदस्य मनोज पौडेल लगाएतको उपस्थिति थियो।

उक्त कार्यक्रममा मत माग्दै गर्दा नेताहरूले जितपुरसिमरा उपमहानगरपालिका नेकपा एमालेको किल्ला भएको र मतदाताहरूको उत्साहजनक उपस्थितिले गर्दा आफुहरूले जित्ने कुरामा कुनै दुबिधा नभएको बताएका थिए।

हेरौ आजका फोटोहरू

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long