एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज, खनाल-नेपाल समूह नजाने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक
नेकपा एमालेका अध्यक्ष तथा प्रानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा खनाल र नेपाल समूह सहभागि नहुने भएको छ ।खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने निर्णय गरेको हो ।‘विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने,’ खनाल-नेपाल समूहको विज्ञप्तिमा उल्लेख छ ।नेपाल समाचारपत्रबाट

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long