बर्खे अधिवेशनको पूर्वसन्ध्यामा सभामुखले बोलाए प्रमुख दलका शिर्ष नेताको बैठक

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । संघीय संसदको बर्खे अधिवेशनको पूर्वसन्ध्यामा सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

सभामुखको कार्यकक्षमा मंगलवार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएको बुझिएको छ।

यही बैशाख २८ गतेदेखि सुरू हुने बर्खे अधिवेशन अघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

काङ्ग्रेसले सहकारी घोटला छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग राखेर निरन्तर अबरोध गरेपछि बजेटको तयारी भन्दै हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।

गत चैत ३० मा अन्त्य भएको अधिवेशनपछि पनि काङ्ग्रेसले सार्वजनिक फोरममा आफ्नो अडान कायमै रहेको बताउदै आएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long