उपेन्द्रको मन्त्री पद धरापमा पर्यो, माधवको सपना तुहियो !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । उपप्रधान एबं स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला आइतवार उनी अध्यक्ष भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ ।  फुटेसंगै ठुलो हिंसा अध्यक्ष यादवलाई छोडेर गएको छ ।

ठुलो हिंसा अर्थात जसपाका १२ सांसदमध्ये ७ सांसदले यादवको साथ छोडेर अर्को नयाँ पार्टी (जनता समाजवादी पार्टी) खोलेका छन् । यो संगै अब यादवको मन्त्री पद धरापमा परेको अनुमान गर्न थालिएको छ ।

यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले पार्टी फुटाएर नयां पार्टी खोलेको बुझिएको छ ।
 
सत्ता र पदमा रमाउन चाहने अस्थिर स्वभाबका यादव पार्टी बलियो बनाउन भन्दा पनि आफु कसरी मन्त्री बन्न सक्छु भन्ने ध्याउन्नमा थिए । सप्तरीबाट ०७९ को चुनाबमा पराजित भएसंगै यादवको ५ बर्ष मन्त्री बन्ने सपना तुहेको थियो ।

तर सत्ताका भोगी यादवले काङ्ग्रेस माओवादीको गठबन्धनमा बार्गेनिङ गरेर बाराका सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर बाटो खुलाएका थिए । पछि वारा २ बाट नै गठबन्धनको बलमा उपचुनाबमा उमेद्वार बनि आफु संसद प्रवेश गरेका थिए ।

रमाईलो कुरा त वर्तमान सरकारमा यादव आफुभन्दा कनिष्टहरू बरियतामा माथी रहदापनि पदलोलुपताले गर्दा कनिष्ट मन्त्रालय मै भएपनि बसेका छन् । यसबाट उनी कति सत्तामा लिप्त छन् भन्ने कुरा बुझ्न गारो छैन ।

पछिल्लो समय यही कनिष्ट बरियतालाई बदल्न भन्दै उनी समाजवादीका अध्यक्ष माधव नेपालसंगै बर्तमान सरकारको समिकरण तोड्न काङग्रेससंग लहसिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार भत्काई माधव नेपालको नेतृत्वमा एमाले, माओवादी र रास्वपा  बाहेकको सरकार बनाउने कुरामा यादव र नेपाल ज्यान फालेर लागेका थिए । यो कुराको पुष्टी त माधव नेपालले सार्वजनिक कार्यक्रममा म प्रधानमन्त्री बन्ने छनक पाएपछि ‘कतिपयको पेट दुखेको’ भनेर बोलेको कुराले स्पष्ट पार्दछ ।

सत्ताबाट बाहिर रहनुपरेपछि बगरको माछा जस्तै छट्पटिएको काङ्ग्रेसपनि १० सिटे माधव नेपाललाई प्रधानमन्त्री बनाई सत्तारोहण गर्न मन्जुर भएको छनक प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पाएका थिए ।

यो छनक पाएपछि नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्ड र ओलीले जसपा बिभाजनको निम्ति भुमिका खेलेको कुरा अहिले राजनीतिक बृत्तमा चलिरहेको छ ।

यसरी जसपाको फुटसंगै अब अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव स्वदेश आउँदा नआउँदै पदमुक्त हुने सम्भावना छ । उनको सट्टा नयाँ दलका सांसदलाई मन्त्री बनाउने गठबन्धन नेतृत्वको तयारी छ । नयाँ दलको नेतृत्व सांसदसमेत रहेका अशोक राईले गरेका छन् । 

यो राजनीतिक घटनाको बिकाश भएसंगै अब एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रधानमन्त्री बन्ने सपना तत्कालका लागि तुहिएको छ । उनले यादव र नयाँ बनेको पार्टीलाई संगसंगै लैजान सक्ने अबस्था भर्खरै नरहेको राजनीतिक बिष्लेषकहरू बताउछन्।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long