बाबुराम भट्टराईले किन फाले प्रधानमन्त्री ओलीलाई हटाउने यस्तो अस्त्र ?

Telecom

काठमाडौ । आफ्र प्रधानमन्त्री हुन हतार देखिन्छ जनता समाजवादी पार्टीको संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलाई । त्यसो त हुनले विभिन्न समयमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउने कुरामा ढिला गर्न नहुने बताउदै आईरहेका छन् ।
उनले सामाजिक संजालमार्फत फेरी ओलीलाई तत्काल हटाउन माग गरेका छन् ।

भट्टराईले हालको प्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध लागेका ओलीलाई कसरी तत्काल पदबाट हटाउने भन्ने कुरा प्रार्थमिकतामा राख्न पर्ने बताएका छन् ।

‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैनसअपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो१ ‘ उनले लेखेका छन् ।

ओलीलाई छिटो भन्दा छिटो पदबाट हटाएपछि मात्रै अन्य कुरा समाधान गर्नतर्फ लाग्नुपर्ने जनाउँदै भट्टराईले लेखेका छन् ‘अगाडि आएको बाघलाई पहिले लघारौसपछाडिका स्यालहरूसंग लड्दै गरौंला१ कुनै गल्ती नगरौं

adb bank long