सुहाङलाई भोट माग्न एमाले र माओवादीको संयुक्त सभा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका नेकपा एमाले र माओवादी केन्द्रका साझा उमेद्वार सुहाङ नेम्बाङलाई मत माग्नकै लागि आज नेकपा एमाले र माओवादी केन्द्रले इलाम- २ मा संयुक्त चुनावी सभा गर्ने भएका छन्।

देउमाई नगरपालिका मंगलबारेमा दिउँसो हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ। यसका साथै केपी ओलीले इलाम जाने र सुहाङसंगै हुने कुरा आफ्नो सामाजिक संजाल (फेसबुक) मा समेत राखेका छन् ।

सभालाई ओलीसहित एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतका केन्द्रीय र प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ।

सभामा सहभागी हुन अध्यक्ष ओलीसहितका शीर्ष नेता इलाम पुगिसकेका छन्।

इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। सुहाङका बुवा स्व‍.सुवास नेम्वाङले लगातार २५ वर्षदेखि यो क्षेत्र जित्दै आएका थिए।

उनकै छोरालाई उठाउँदा जित्न सकिने आकलनसहित एमालेले ३२ वर्षीय सुहाङलाई चुनावी मैदानमा उतारेको हो।

नेम्वाङलाई माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले पनि समर्थन गरेका छन्।

त्यसैगरी इलाम -२ मा नेपाली काङ्ग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए। तर एमालेका सुवास नेम्वाङसङ्ग झिनो मतान्तरले हारेका थिए।

रास्ट्रिय स्वतन्त्र पार्टीले भने पत्रकार समेत रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ। लिम्बू सुरुमा स्वतन्त्र उठ्ने बताएपनि पछि रास्वपा प्रवेश गरेका थिए।

त्यस्तै यहाँ ४१ वटा घटकको समर्थनसहित पहिचान पक्षधर डकेन्द्र सिंह थेगिमले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन। मुढा चुनाव चिन्ह पाएका उनले पनि दलको मत काट्ने अनुमान छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long