सर्बोच्चको सुनुवाइ अगाडी नै विश्वासको मतलिने तयारीमा गण्डकीका मुख्यमन्त्री

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० गते अगाडी नै विश्वासको मत लिने तयारी गरेको बुझिएको छ।

मुख्यमन्त्रीमा अधिकारीलाई नियुक्तिको विरुद्धमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्बोच्चमा मुद्दा दायर गरेका छन् । साे मुद्दाको सुनुवाइ वैशाख १० गते हुँदैछ । सर्वोच्चले १० गते काजगपत्र सहित उपस्थित हुन मुख्यमन्त्री अधिकारीलाई आदेश दिएकाे छ ।

मुख्यमन्त्री अधिकारी भने उक्त मुद्धाको सुनुवाई अगाडी नै विश्वासको मत लिने मुडमा पुगेका छन् । त्यसैले उनले मन्त्रिपरिषद्को निर्णय गराएरै विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्ट पोखरा बाहिर भएको र आज बुधवार बेलुकासम्म पोखरा आईपुग्ने बुझिएको छ । उनी आउनासाथ विशेष अधिवेशन आव्हान हुनेछ ।

विशेष अधिवेशन आव्हान गर्दा कम्तिमा ४८ घण्टा समय दिनु पर्ने भएकाले बैशाख ७ वा ८ गतेका लागि विशेष अधिवेशन आव्हान हुनेछ । त्यसै दिन विश्वासको मत लिने तयारी मुख्यमन्त्रीले गरेको श्रोतले जनाएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long