एमाले सृजनात्मक बन्नुपर्छ : केपी ओली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

झापा। नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले एमाले जडसूत्रवादी नभएर सृजनात्मक सोचको पार्टी रहेको बताएका छन् ।

नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनबाट गठन भएको समितिको सुरुङ्गा जेसीजको सभाहलमा आयोजित पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । एमाले झापा अध्यक्ष प्रेम गिरीको सभापतित्वमा सम्पन्न बैठकमा ओलीले एमाले नेता तथा कार्यकर्ताले राजनीतिक, सङ्गठनात्मक, वैचारिक र आर्थिक काम सँगसँगै गर्नुपर्ने सुझाव दिए । नयाँ र स्वतन्त्रको नारा दिएर आउनेबाट जनता अल्मलिने सम्भावना रहेको भन्दै त्यो अवस्थाका लागि कसैलाई दोष दिन नमिल्ने बताए ।

प्रतीकात्मक रूपमा उनले भने, “कोठा सफा गरे फोहोर हुँदैन र बत्ती बाले अँध्यारो हट्छ । एमाले नेता तथा कार्यकर्ताको काम फोहोर भयो अथवा बिजुली गयो भन्ने मात्र होइन ।” जननेता मदन भण्डारीको स्मरण गर्दै अध्यक्ष ओलीले जनताको सरोकारको माग र मुद्दा उठाएर नवीन र सृजनात्मक ढंगले अघि बढे मात्र जनताको नेतृत्व गर्न सकिने सुझाएका थिए । एमाले नेताहरू उत्पादनका काममा जोडिन आवश्यक रहेकोमा उनको जोड थियो । एक अर्को प्रसङ्गमा सहकारी ठगीबाट जनताको अरबौं रुपैयाँ नोक्सानी भएको भन्दै सहकारीलाई जोगाउन गैरसहकारी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा ओलीले जोड दिएका थिए ।

सो बैठकमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले हालै सम्पन्न केन्द्रीय समितिको बैठकका ३ वटा ऐतिहासिक निर्णयका बारेमा व्याख्या गरेका थिए । उनलेे पार्टीभित्र पूँजीवाद, गुटवाद, अराजकतावाद, पदलिप्सा, सांस्कृतिक विचलन, आर्थिक विचलन र
निम्न पूँजीवादी चिन्तन हावी हुँदै गएको पार्टीको निष्कर्ष सुनाए । उनलेे प्रश्न गरे, ” यसरी समाजवादको आधार निर्माण गर्न पार्टी सक्छ ?” उपाध्यक्ष बादलले पार्टीमा दक्षिणपन्थी व्यक्तिवाद र विचारधारात्मक विचलन भएकै कारण पार्टी विभाजन भएको बताए । उनलेे व्यक्तिलाई होइन पार्टीलाई केन्द्रमा राख्न २०८१ लाई शुद्धीकरण वर्ष बनाउने निर्णय भएको सुनाए ।

सुदृढीकरण र विस्तार गर्दै पार्टीलाई जनतासँग जोड्ने र पार्टीका आधार सुदृढ गर्ने र क्रान्तिकारी पार्टी निर्माण गरी समाजवादको आधार निर्माण गर्न मिसन-८४ को कार्ययोजना अन्तर्गत तीनवटै तहमा नेकपा एमालेको नेतृत्वलाई विजय गराउन एमाले नेता तथा कार्यकर्ता लाग्न उनले अपिल गरे । समाजवादी अभियान समृद्धिको अभियान भएकाले विकासको अभियान वा यात्रा अघि बढाउन माथि र तल दुवै तर्फबाट, जनपरिचालन जनदबाब तलबाट सङ्घर्ष चलाउने उनले निर्णय सुनाए । उनलेे भने, “जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्न आवश्यक छ ।”

कार्यालय सचिव छवि विश्वकर्माले ११ औँ जिल्ला अधिवेशनको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको बैठकमा एमाले नेताहरू अग्नि खरेल, विशाल भट्टराई, दीपक कार्की लगायतको आतिथ्य रहेको थियो । बैठक सचिव तुलसी कार्कीले सञ्चालन गरेका थिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long