श्रीमतीको हत्यागरी आफ्नोपनि घाटीरेट्ने श्रीमान्…

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । घटनापनि अचम्मका भेटिन्छन् । रौतहटमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ। प्रारम्भिक अनुसन्धान अनुसार पतिले पहिला पत्नीको हत्या गरि सोही हतियारले आफ्नो घाँटी रेटेको बुझिएको छ ।

रौतहटको बृन्दावन नगरपालिका-१ भोटिया टोल बस्ने ३५ वर्षीया सेतीमाया तामाङको शव स्थानीय बागमती नदी छेउको मकैबारीमा फेला परेको हाे । ‘खोलाको छेउमा रहेको मकैबारीमा सेतीमायाको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले बताईन् ।

‘मृतक महिलाका पति घाइते अवस्थामा भेटिएका छन्। उनको सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।’

डीएसपी गिरीका अनुसार ‘घरायसी विवादमा पतिले पत्नीको हत्या गरेपछि आफ्नो पनि घाँटी रेटेको देखिन्छ,।’ डीएसपी गिरीले भनिन्, ‘पत्नीको हत्यापछि उनले ‘मैले स्वास्नी मारेँ’ भनेपछि आफूले पनि सोही हतियारले घाँटी रेटेको आफन्तले बताएका छन्।’

प्रहरीले घटनास्थलबाट धारिलो हतियार हँसिया २ थान बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको गिरीले बताइन्।
हत्याको कारण खुलेको छैन। तर, स्थानीय र आफन्तले भने घरायसी विवादको कारण घटना भएको बताएका छन्।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long