रेशम र रञ्जिताको मतभिन्नतासँगै नाउपाका २ मन्त्री सरकारमा सहभागी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नयाँ सरकार गठबन्धनसंगै सरकारको बिषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रेशम चौधरी र सहअध्यक्ष चौधरी पत्नी रञ्जिता चौधरीबीच  बिबादका बावजुद सुदूरपश्चिम प्रदेशमा नाउपाका दुई मन्त्रीलाई बिना विभागियको जिम्मेवारी दिईएको छ ।

नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिईएको हो ।

मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीहरुले आजै बिहीवार पदभार ग्रहण गर्दैछन् ।
हाल सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका ५ जना मन्त्री छन् ।

मुख्यमन्त्री शाहले यसअघि नाउपा दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए भने रामेश्वर चौधरी यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् । मुख्यमन्त्री शाहले प्रदेशसभामा आफ्नो बहुमत कायम राख्न नाउपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थन लिने तयारी गरेका छन् ।

नाउपाका अध्यक्ष रेशम चौधरी बिदेश भ्रमण रहेका बेला रञ्जिता र प्रधानमन्त्री प्रचण्डबिच सरकारमा सहभागी हुने बिषयमा पटकपटक छलफल भएको थियो । पछिल्लोपटक प्रचण्डले बिस्वासको मत लिने बिषयमा पनि रेशम र रञ्जिताबिच फरकमत रहेको थियो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long