उपाध्यक्ष अर्यालले गरिदिईन् गठबन्धनलाई बाटो खुल्ला !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नयाँ गठबन्धन बनेर राष्ट्रियसभा अध्यक्षमा प्रधानमन्त्री प्रचण्डका भाई नारायण दाहाल निर्वाचित भएपछि सोही पार्टीबाट उपाध्यक्ष बनेकी उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् ।

अर्यालले आज बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल समक्ष राजीनामापत्र बुझाएकी हुन् । उनी २०७९ माघमा राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएपछि माओवादी केन्द्रकै अर्यालले गठबन्धनमा भागवण्डा मिलाउन भन्दै पार्टीकै सल्लाह बमोजिम राजीनामा दिएको बुझिएको छ ।

दाहाल २९ फागुनमा अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमाले लगायत दलको समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए । अब सत्ता गठबन्धनका दलबाट उपाध्यक्ष बन्ने सहमती भएको बुझिएको छ । सहमतीले मुर्तरूप नलिए पनि नेकपा एमाले वा नेकपा एसबाट उपाध्यक्ष बन्ने सम्भावना छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long