नुहाउन गएकी पद्माको विभत्स तरिकाले हत्या

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहामा घाँटी रेटी हत्या भएको अवस्थामा मँगलबार साँझ एक युवतीको शव भेटिएको छ । मंगलबार दिउँसो घर छेउको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीरका विभिन्न स्थानमा प्रहार गरेर बिभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

हत्या गरिएकी १९ वर्षीया युवती पद्मा सुनार ख्याहा कराङ्दीका दलबहादुर र कमला सुनारकी छोरी रहेको र उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका छन् । दिउँसो ४ बजेघर नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा विभत्स हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो ।

‘उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृति हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ’, वडाध्यक्ष पोखरेलले सुनाए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकाले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको बताएका छन् । प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ । स्थानीयले युवतीको विभत्स हत्याको तत्काल छानविन गरी अपराधीलाई कारबाहीको माग गरेका छन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long