उपनिर्वाचनमा समाजवादीका २ बहादुर !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । माधव कुमार नेपाल अध्यक्ष रहेको सत्तारूढ दलको एक घटक नेकपा एकीकृत समाजवादीले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि २ जना बहादुर लाई उठाउने निर्णय गरेको छ ।

एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन् । यद्यपी एकीकृत समाजवादीले आधिकारिक निर्णय गर्न भने बाँकी रहेको बुझिएको छ ।

उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका प्रस्तुत गरिसकेको छ ।

अहिलेसम्म एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बूलाई उम्मेदार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दैछ । त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेद्वार उठाउने निर्णय गरको हो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long