महरासंँग सीआईबीले आजै बयान लिने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । आज बिहान गृहजिल्ला जाने क्रममा कपिलबस्तुबाट पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एबं पूर्व सभामुख कृष्ण बहादुर महरालाई भैरहवाबाट प्लेन मार्फत काठमाडौ ल्याईएसंगै सीआईबीको केन्द्रीय कार्यालाय बानेश्वरमा लगिएको छ ।

महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाजिम्पाटले बयान लिने तयारी गर्दैछ । सीआइबी उच्च स्रोतका अनुसार उनको आज बानेश्वरस्थित सीआइबीको केन्द्रीय कार्यालयमा बयान लिने तयारी छ ।

पूर्व सभामुख समेत रहेका महरासँग आयोगले यसअघि पनि बयान लिएको थियो । यता महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

यस प्रकरणबारे सीआइबीले गरेको अनुसन्धानमा त्रुटि रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न हिजो आईतवार निर्देशन दिएका थिए ।

गृहमन्त्रीले निर्देशन दिएको २४ घण्टा नबित्दै सीआईबीले महरालाई पक्राउ गरेको हो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long