माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ, प्लेनबाट काठमाडौ ल्याईंदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एबं पूर्व सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् ।

भैरहवा हुँदै गृहनगर दाङ्ग जाने क्रममा रुपन्देही प्रहरीले पिछा गर्दै कपिलवस्तुलाई खबर गरेपछि पकडीको सडकमा ब्यारिकेड खडा गरेर महरालाई समातिएको हो ।

सुनकाण्ड सम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिश बमोजिम समातिएका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई त्यसैमा अहिले काठमाण्डौ ल्याउन लागिएको बुझिएको छ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long