समाजवादी त्यागेको २४ घण्टा नबित्दै दिपक मनाङेले पाए मन्त्री उपहार !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पोखरा। मनाङ (ख) बाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात बन्ने भएका छन् । मनाङेले आईतवार मात्र समाजवादी त्यागेर स्वतन्त्र सांसद कायम गर्न प्रदेश सभा सचिवालयलाई अनुरोध गरेका थिए ।

उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादी पार्टी परित्याग गरेको २४ घण्टा नबित्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने तयारी गरेको बुझिएको छ । मनाङेको शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकिएको छ ।

मनाङे चौथो पटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा यसअघि माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैसँग राखेका थिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long