भारतमा चर्कियो किसान आन्दोलन, आज भारत बन्द

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

एजेन्सी । भारतका किसानहरुले आज देशभर बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।

ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ । साथै बजार, पसल र अन्य कामहरु पनि बन्द छन् । यो बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको छ । प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको दिल्ली पुलिसले जनाएको छ ।

किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर लामो समयदेखि आन्दोलनमा छन् ।

राजधानी नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरुले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए । तर विभिन्न प्रदेशहरुले नाका बन्द गरेर किसानहरुलाई रोकेका छन् ।

उनीहरु सडकमै खाने, बस्ने, सुत्ने गरिरहेका छन् । किसानहरुलाई रोक्ने क्रममा प्रहरीले ड्रोनबाट अश्रुग्याँस समेत प्रहार गरेको थियो । किसान प्रतिनिधि र सरकारबीच बिहीबार राति अबेरसम्म भएको वार्ता विफल भएपछि उनीहरुले शुक्रबार बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द आह्वान गरेका हुन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long