विश्वासको मत लिने सोडारीको दोस्रो प्रयास पनि असफल !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । आज शनिवार साढे ५ बजेका लागि बोलाईएको सुदूरपश्चिम प्रदेशसभाको बैठक पुन स्थगित भएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि शुक्वार बोलाएको बैठक स्थगन गरि आज शनिबारका लागि बोलाएका थिए ।
एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो ।

तर आज शनिबार पनि एमालेले विश्वासको मत दिने निर्णय नगरेपछि बैठक स्थगित भएको हो । प्रदेश सभा सचिवालयका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।

आफूहरुसँग सल्लाह नै नगरी बैठक आह्वान गरिएकोले विश्वासको मत दिने अवस्था नभएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले अब थप छलफल गरेर अर्को दिनका लागि मिति निर्धारण गरिने बताए।

सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत लिन उनलाई जेठ ५ गतेसम्मको समय छ ।

यसरी सोडारीको विश्वासको मत लिने दोस्रो प्रयासपनि असफल भएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long