हबल्दार श्रीमानद्वारा जवान श्रीमतीको गोली हानी हत्या

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । दाङमा नेपाल प्रहरीमा कार्यरत हबल्दार श्रीमानले  गोली हानेर आफ्नै श्रीमती प्रहरी जवानको हत्या गरेका छन् ।

वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान् प्रहरी हवल्दार यमबहादुर झाक्रीले घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका बेला गोलि हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ।

गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे दाङ प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए।

गोलि हान्ने हबल्दार झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेकाे बुझिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long