पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कहाँ कतिमा पाईन्छ त ?

काठमाडौ । नेपाल आयल निगमले शुक्रबार बिहान १ बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले बिहीबार सूचना जारी गरी तीनवटै (पेट्रोल , डिजेल , मट्टितेल) पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ।

खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने हाल बढाइएको छैन। निगमले १५ दिनअघि पनि भारतबाट मूल्य बढेर आएको जनाउँदै खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

यो सहित पेट्रोलको मूल्य एक महिनामै ६ रुपैयाँ प्रतिलिटर बढेको छ।

प्रोटोन एजुकेसन
adb bank long