टी–२० विश्वकपको एसिया छनोटमा नेपालको सुखद सुरुवात, सिंगापुरलाई ८ नरले हरायो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गर्दै सिंगापुरमाथि ८ विकेटको जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long