मुगु सामुहिक हत्या प्रकरणमा संकास्पद एकजना पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

मुगु । मुगुमा तीन बालबालिकासहित चारको हत्या प्रकरणमा एक शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार (नगरपालिका जाने बाटो) नजिकैबाट प्रहरीले ती शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

यद्यपि ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको छ । अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । उक्त घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट पनि अनुसन्धान विशेष टोली खटिएको छ । तर, तालिम प्राप्त कुकुरले पनि कुनै सङ्केत दिन सकिरहेको छैन । आइतबारदेखि अनुसन्धानलाई सघाउन डीआईजी भीमप्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन् ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको शनिबार शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि हालसम्म पोस्टमार्टम हुन सकिरहेको छैन ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long