राष्ट्रपति पौडेलले आज चियापान कार्यक्रम गर्दै, सातै प्रदेशका सांसदसम्मलाई निम्तो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा चियापान कार्यक्रम गर्ने भएका छन् । राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएलगत्तै चियापान कार्यक्रम गर्न लागेका हुन् ।

चियापान कार्यक्रम विहान ९ बजेका लागि समय निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सरकारका सबै भन्त्रीहरु तथा प्रतिनिधिसभाका सांसदहरु, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यलाई निमन्त्रणा गरिएको छ ।

राष्ट्रपतिले पहिलो पटक आमरुपमा चियापान कार्यक्रमको आयोजना गरेका हुन् । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले फागुन २९ गते राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long