Rastriya Banijya Bank
Suit Mala Ad
Array
(
)

यस्तो छ राजपत्रमा प्रकाशित जनयुद्धका ८,३७१ शहीदको नामावली

काठमाडौ। १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ज्यान गुमाएका आठ हजार ३७१ शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद बैठकको निर्णय अनुसार राजपत्रमा नामावली प्रकाशित भएको हो।

गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदहरूको अभिलेख माग गरेको थियो ।

७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा शहीदहरूको नामावली तयार गरी राजपत्रमा प्रकाशित भएको छ ।
जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउन ुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय शहीदको मान्यता पाउन सकेका थिएनन् ।

योसँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारहरूले यसअघि शहीद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउने छन् ।
हेर्नुस् सूची:

https://drive.google.com/file/d/1B8IgEKaMr6bk2fHqea3CJlHWPze0ZB5j/view

 

Rastriya Banijya Bank