विश्वासको मत र सरकार विस्तारमा अल्झन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। गठबन्धन फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुपर्ने बाध्यता आइलागेको छ ।

प्रचण्डले विश्वासको मत लिनका लागि चैत्र ६ गतेलाई व्यवस्था मिलाउन संसद सचिवालयलाई पत्र समेत लेखिसकेका छन । तर, सरकारले विश्वासको मत लिनु अघि नै मुलुकको व्यवस्थाविरुद्ध अभियान चल्न थालेको भन्दै प्रतिपक्षी दल एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले–माओवादी केन्द्रको गठबन्धन भत्किएसँगै कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन बनेको छ ।

सरकारमा आलोपालो गर्नुपर्ने माग खुलेरै उठ्न थालेको छ ।

सत्ता घटक दल नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पद सम्हाल्नेदेखि अर्थ र गृहसहितका मन्त्रालयमा दाबी गरेको विषय बाहिर आएको छ ।

नेकपा एसले सरकारमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्न थालेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । यता, एमालेले सत्ता गठबन्धन नै फेरिन सक्ने दाबी समेत गर्दै आएको छ । यद्यपी प्रधानमन्त्री प्रचण्डले भने चैत्र १० गतेसम्म सरकार विस्तार हुने बताएका छन् ।

प्रचण्ड र सत्तारुढ दल सरकार विस्तारदेखि विभिन्न काममा लागेपनि प्रतिपक्षी दल एमालेले भने देशद्रोही गतिविधि बढ्न थालेको भन्दै सरकारको ध्याणाकर्षण गराएको छ ।

ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाएका छन् । व्यवसायी दुर्गा प्रसाईका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने ओलीको चेतावनी छ ।

यता, कांग्रेसले पनि सरकारले विश्वासको मत पाउने वताउदै आएको छ । तर, विभिन्न आशंकाकाबीच प्रचण्डले विश्वासको मत लिने तयारी गरेपनि यसबारे चौतर्फी आशंका व्यक्त गरिन थालिएको छ ।

ओलीले भने झैं दुर्गा प्रसाईको गतिविधिले मुलुकको सार्वभौकिता र संविधानलाई चुनौति दिन सक्ला ? यो गम्भीर विषय हो । तर, सरकार विस्तार र विश्वासको मतदेखि राजनीतिक दाउपेचमै अल्झिएको सरकारले यस्ता गतिविधि नियन्त्रण गर्दे मुलुकलाई निकास दिन तयार होला रु प्रश्न भने अनुत्तरित नै छ । न्यूज २४ बाट

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long