आठ दलका सांसदलाई आज अभिमुखीकरण कार्यक्रम

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। नेपाली कांग्रेसले आज आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । काठमाडौको तीनकुनेमा कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।

आज दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा अभिमुखीकरण कार्यक्रम हुनेछ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long