Rastriya Banijya Bank
Suit Mala Ad
Array
(
)

सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा मात्रै

काठमाडौ । सरकारले आफ्ना कर्मचारीलाई खाजा खाने समय आधा घण्टा मात्र दिने भएको छ । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको हो ।

सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १ः३० देखि २ बजेसम्म ।’

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो । त्यसलाई सम्बोधन गर्दै सरकारले खाजा समय र अरु विदाहरुको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

Rastriya Banijya Bank