के छ माधव नेपाललाई केपी ओलीले लेखेको पत्रमा ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन् । ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै नेपाललाई पत्र लेखेका हुन् ।

आज लेखिएको पत्रमा नेम्बाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको उल्लेख गरिएको छ ।

 

‘राष्ट्रियसभा, प्रतिनिधिसभा, र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा। सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ ।

शनिबार विहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उसले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सबै दललाई पत्राचार गर्ने निर्णय पनि गरेको थियो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long