मैतीदेवी प्रहरी बिटमा बालेनको डोजर

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले मैतिदेविको प्रहरी बिटमा डोजर चलाएका छन् । सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा बालेनले प्रहरी विटमा पनि डोजर चलाएका हुन् ।

मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए । डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ ।

तत्काल मैतीदेवि प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन । प्रहरी बिट रहेको उक्त भवन सडक मापदण्ड मिचेर बनाइएको थियो ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long