nepal telicom

विप्लवले भोली विशेष पत्रकार सम्मेलन गर्ने

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले भोली विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । भोली (बुधबार) दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको हो ।

समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टी स्रोतले बताएको छ । स्रोतको अनुसार अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम र बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा जानकारी गराउनका लागि पत्रकार सम्मेलन गर्न लागिएको हो ।
सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने बताएको छ । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।

गत शनिवार विप्लवसहित प्रवक्ता विश्वकर्मा कपिलवस्तुको शिवगढीबाट काठमाडौँ आएका थिए । त्यस लगतै माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड सहित प्रवक्ता कृष्णबहादुर महरा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन् । कानुन मन्त्री ध्रुर्वबहादुर प्रधान सहित सत्ता साझेदार दलका नेताहरूलाई समेत भेट्ने कार्यतालिका बनाएको छ ।

adb bank long