बालुवाटारमा प्रचण्ड जङ्गिदा प्रधानमन्त्री देउवा मौन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफुलाई पहिलो चरणमै प्रधानमन्त्री दिने बिषयमा क्लियर कट कुरा गर्न आग्रह गरेका छन् । कडा रुपमा प्रस्तुत भएका प्रचण्डलाई प्रधानमन्त्री देउवाले ठोस जवाफ नदिएको बताइन्छ ।

निर्वाचनअघि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन महत्वपूर्ण योगदान दिएको र गठबन्धनकै कारण कांग्रेस पहिलो दल बनेकोले अब बन्ने सरकारमा भने माओवादीले पहिलो चरणको नेतृत्व गर्नुपर्ने प्रचण्डको अडान छ । हिजो संसदीय दलको नेतामा सर्वसम्मत् भएलगत्तै दाहाल प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग पावर सेयरिङको लागि बालुवाटार पुगेका थिए ।

सो भेटवार्तामा सरकारको नेतृत्वबारे गम्भीर छलफल भएको थियो । देउवाले पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अडान राखेका थिए । दाहालले पनि आफ्नो अडान राखे । कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएको छ । आज साँझसम्म दुवै नेता बसेर सत्ता–सहकार्यको भागबण्डा टुँगो लगाउने चर्चा छ । देउवाले आफ्नो दूतको रुपमा प्रकाशमान सिंहलाई आज विहान खुमलटार पठाएका थिए ।

सो क्रममा सिंहले पहिलो चरणमा देउवा नै प्रधानमन्त्री बन्ने कुरा राखेका थिए । सिंहले सो कुरा राख्न नपाउँदै दाहालले अब सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने कुरा राखे । उनी आफ्नो अडानबाट टसमस नभएको कुरा सिंहले देउवालाई ब्रिफिङ गरिसकेका छन् ।

सिंहलाई प्रचण्डले प्रष्ट रुपमा पहिलो चरणको सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने कुरा राखेका छन् । माओवादीले गठबन्धनबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्न नपाए एमालेसँग सहकार्यको लागि गृहकार्य थालेको छ । एमालेले पनि प्रचण्डलाई प्रधानमन्त्री दिने भनिसकेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long