सिके विरुद्ध उजुरी , आयोगले सोध्यो स्पष्टीकरण

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । प्रतिनिधिसभाका सदस्य चन्द्रकान्त (सिके) राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई स्पष्टीकरण सोधिएको छ । बिहीबार मधेशी आयोगमा सूचीकृत नभएको ‘मधेशी भाषा’मा शपथ गराएको भन्दै संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको हो ।

प्रतिनिधिसभाका सदस्य राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको विषयमा उजुरी परेपछि आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको हो ।

हालसम्म भाषा आयोग प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू ९ २०७८ ’र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय भएको आयोगको भनाइ छ ।

त्यसको असर नेपालमा विद्यमान रहेका सुचिकृत अन्य भाषाहरु माथि नकारात्मक प्रभाव परेको देखिने आयोगले जनाएको छ। आयोगलाई संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराउन आयोगले निर्देशन दिएको उपसचिव सविता डंगोलले बताइन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long