एकीकृत समाजवादी छोडेर जिल्ला अध्यक्षसहित टिम नै एमालेमा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

सुर्खेत । नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित हुने भएको छ । जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटी नै एमाले प्रवेश गर्न लागेको एमाले जुम्ला इन्चार्ज रतननाथ योगीले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमार्फत पार्टी प्रवेशको आधिकारिक जानकारी गराइने र भोलि औपचारिक रुपमा पार्टी प्रवेशको कार्यक्रम रहेको योगीले बताए ।

न्यौपानेको एमाले प्रवेश गर्ने खबरले एकीकृत समाजवादी जुम्लामा हंगामा मच्चिएको छ । उनको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने इन्चार्ज योगीको दाबी छ । जुम्लामा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट प्रदेशसभा १ मा पदमबहादुर रोकाय उम्मेदवार छन् ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long