कांग्रेसको उम्मेदवारको धम्कीपछि सुरक्षा दिन प्रहरीलाई अयोगको पत्र

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

पर्सा । नेपाली कांग्रेसबाट पर्साको निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभाको उम्मेदवार बनेका रमेश रिजालले अनुगमन अधिकृतका रुपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएपछि निर्वाचन आयोगले उनको सुरक्षा गर्न प्रहरीलाई पत्र काटेको छ ।

 

उम्मेदवार रिजालले कार्कीलाई फोनबाट धम्की र गालीगलौज गरेको लिखित उजुरी प्राप्त भएकाले सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई भनिएको आयोगले बताएको छ । साथै, उम्मेदवार रिजालका आचारसंहिता विपरितका गतिविधिमाथि निगरानी गरी तत्काल आयोगमा प्रतिवेदन पेश गर्न पनि निर्देशन दिइएको छ ।

 

निर्वाचन ऐन २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार चुनावमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन नहुने उल्लेख गरिएको छ । सोही ऐनको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

यस्तै सबै उम्मेदवारलाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७९ को दफा (४) को खण्ड (ढ) मा निर्वाचनको विश्वसनीयतामा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्नेगरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्था रहेको पनि स्मरण गराइएको छ ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long