प्रचण्डको संगतले देउवा पनि बन्दुकझै पड्किन थालेछन् :ओली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

 

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाल(प्रचण्ड) को संगतले प्रधानमन्त्री शेरबहादुर देउवा पनि बन्दुक झै पड्किन थालेको बताएका छन् ।

पोखरामा आज भएको कार्यक्रममा बोल्दै ओलीले बन्दुकबाट नभई संवाद गरेरै भूमि फिर्ता ल्याउने बताएका थिए।

 

‘मैले हाम्रो गुमेको भूमि फिर्ता ल्याउनुपर्छ भनेँ। भोलिपल्ट देउवाजीले भाषण गर्दैमा फिर्ता आउँछ ? बन्दुक लैजानुस् भनेँ। कठैबरा, देउवाजी त प्रचण्डको संगत गरेर बन्दुककै भाषा बोल्न थालेछन्। बन्दुक लिएर होइन शेरबहादुरजी, कुरा गरेर भूमि फिर्ता ल्याउँछौँ,’ ओलीले भने।

कात्तिक १८ मा दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मिचिएका भू भाग एमालेको सरकारले मात्रै फिर्ता ल्याउने बताएका थिए।ओलीको उक्त अभिव्यक्तिलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले भाषणले सीमा फिर्ता नहुने भन्दै बन्दुक लिएर सीमाको रक्षा गर्न जान ओलीलाई चुनौती दिएका थिए।

 

कात्तिक १९ मा डडेल्धुराको कार्यक्रममा देउवाले ओलीलाई भनेका थिए,ुभाषण गरेर फिर्ता आउने भए त काठमाडौँमै भाषण गरे भैहाल्यो नि !’

 

ओलीले देउवालाई आज यही प्रसंगमा पोखराबाट जवाफ फर्काएका हुन्। प्रचण्डले जनमतको अपमान गरेका कारण आफूले विगतमा संसद विघटन गर्नुपरेको दाबी ओलीको थियो।

 

‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ। प्रचण्डले त्यसलाई लत्ताएर जनादेशको अनादर गरेपछि हामी ताजा जनादेशमा जानुपरेको हो,’ उनले भने।

 

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long