सर्ट पाईन्टको पार्सलभित्र अमेरिकाबाट गाजा आउँदा प्रहरीलाई टेन्सन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । मकवानपुर, धादिङ, सिन्धुली लगायत जिल्लाहरुमा गाँजाको अवैध खेती हुने गरेको छ। नेपालबाट नै गाँजा अन्य देशहरुमा जाने गर्छ। तर अहिले अमेरिकाबाट गाँजा त्यो पनि हुलाक मार्फत पार्सलका रुपमा।यसले अहिले प्रहरीको टाउको दुखाईको बिषय बनेको छ। अमेरिकाबाट गाजा किन आएको भन्ने कुरामा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

 

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले डेढ महिना मात्र १४३ जना मानिसलाई नियन्त्रणमा लिएको छ।आर्थिक वर्ष २०७९/८०को असार १ गतेदेखि भदौ २० गतेसम्म १४३ जनालाई नियन्त्रणमा लिएको हो। जसमा एक महिला सहित ५ जना विदेशी नागरिक समेत रहेका छन्।

 

सबैभन्दा धेरै काठमाडौंबाट समातिएका छन्। ३५ जना काठमाडौंबाट समातेको ब्युरोले जानकारी दिएको छ। विराटनगरबाट २१ जना समातिएका छन्। प्रहरीले उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, कोकिन र अफिम बरामद गरेको छ। यो अवधिमा ५२ किलो गाँजा बरामद गरेको छ भने ६ सय ६८ ग्राम हेरोइन समेत बरामद गरेको छ।

 

गत भदौ अन्तिम साता दुईपटक अमेरिकाबाट नेपाल लागूऔषध गाँजा भित्रिएको छ। त्यो पनि हुलाकको ‘च्यानल’ प्रयोग गरेर। डिल्लीबजारमा रहेको गोश्वारा हुलाका कार्यालय मार्फत भदौ २० र २१ गते अमेरिकाबाट गाँजा नेपाल आएको हो।

भदौ २० गते दुई किलो र भदौ २१ गते १ किलो ३ सय ३० ग्राम गाँजा अमेरिकाबाट नेपाल भित्रिएको थियो। अमेरिकाबाट मनोज राईको नाममा आएको पार्सल खोल्दा गाँजा भेटिएको थियो। भदौ २० गते लागूऔषध नियन्त्रण ब्युरोको टोलीले अमेरिकाबाट मनोज राईको नाममा आएको पार्सल खोल्दा दुई किलो गाँजा फेला परेको थियो। त्यो घटनामा मनोज मात्र होइन अन्य दुई जना युवक समेत पक्राउ परिसकेका छन्।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long